परिचय

धनादेश हुलाक कार्यालयहरु मार्फत एक स्थानबाट अर्को स्थानमा रकम पठाउने मुद्रा स्थानान्तरण सेवा हो । आन्तरिक धनादेश सेवाको सुरुवात वि.सं. २०३१ आश्विन २३ देखि र भारतसँगको वैदेशिक धनादेश सेवा २०३७ बैशाख १ गतेदेखि भएको हो । एक स्थानबाट पठाएको रकम अर्को स्थानको प्रापकले पाउने गरी धनादेश प्रपत्र फाराम भरी दर्ता गर्नुपर्दछ । यस्तो रकम भुक्तानीका लागि धनादेश प्रपत्र दर्ता गर्ने हुलाक कार्यालयले भुक्तानी गर्ने हुलाक कार्यालयमा पठाई प्रापकलाई नगदै रकम भुक्तानी गरिन्छ ।हालसम्म सिधै धनादेश सेवाको कारोबार गर्ने मुख्य कार्यालयहरुमा गोश्वारा हुलाक कार्यालय १, हुलाक निर्देशनालयहरु ४, जिल्ला हुलाक कार्यालयहरु ७० वटा ४ इलाका हुलाक कार्यालय गरी ७९ वटा रहेका छन् । यसका अतिरिक्त ४४५ वटा इलाका हुलाक कार्यालयहरुबाट समेत धनादेशको दर्ता तथा भुक्तानी हुने गरेको छ । इलाका हुलाकहरु समेत हाल धनादेश सेवा लागू भएका कार्यालयहरुको संख्या ५२० पुगेको छ ।

 

ताजा जानकारी

०९ कात्तिक
२०७८

जानकारी सम्बन्धमा

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

विभागको निर्णय

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

निक्षेप व्यबस्थापन सम्बन्धमा

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

आशयपत्र आवहानको सूचना

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

सुरक्षा गार्ड सम्बन्धमा

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

निर्देसिका एबम विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्