हुलाक बचत बैंक

हुलाक बचत बैंकको शुरुवात सन् १८६१ देखि बेलायतबाट भएको मानिन्छ । हाल विश्वका ७० भन्दा बढी मुलुकका हुलाक प्रशासनले हुलाक बचत बैंक सेवा सञ्चालन गर्दै आएका छन् । जापानको हुलाक बचत बैंकलाई नमुना हुलाक बचत बैंकको रुपमा लिइन्छ, जसले त्यहाँको समग्र बैंकिङ्ग प्रणालीमा १२ प्रतिशनभन्दा बढी योगदान गर्दछ । भारतमा हुलाक बचत बैंकलाई गरिबहरुको बैंकको रुपमा लिइन्छ । हुलाक बचत बैंकले ग्रामीण तथा न्यून आयवर्गका मानिसहरुमा बचत गर्ने बानीको विकास गर्न र पूँजी निर्माणमा पु¥याएको योगदानको कदर गर्दै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले "Postal Savings as a means of reducing poverty" भनेको छ ।

 

नेपालमा हुलाक ऐन, २०१९ अन्तर्गत जारी भएको हुलाक बचत बैंक नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३÷३४ देखि हुलाक बचत बैंकको अभ्यास प्रारम्भ भएको हो । हुलाक ऐन तथा हुलाक बचत बैंक नियमावलीमा हुलाक बचत बैंकसम्बन्धी छुट्टै परिभाषा गरिएको नभए तापनि हुलाक कार्यालयहरुबाट सञ्चालित भएकैले यसलाई हुलाक बचत बैंक भनिएको हो । पहिलो चरणमा ४ वटा जिल्ला, दोस्रो चरणमा ६ वटा जिल्ला र तेस्रो चरणमा गोश्वारा हुलाक कार्यालयबाट हुलाक बचत बैंकको प्रारम्भ भई यो आ.व. ०५०÷५१ सम्ममा सबै (७०) वटा जिल्ला हुलाक कार्यालय, ४ वटा क्षेत्रीय हुलाक निर्देशनालय, १ गोश्वारा हुलाक कार्यालय र ४२ इलाका हुलाक कार्यालयसमेत ११७ वटा हुलाक कार्यालयहरुमा विस्तारित भयो । देशभरि छरिएर रहेका सानो सानो पूँजी एकीकृत गरी देश विकासमा टेवा पु¥याउने उद्देश्यका साथ हुलाक बचत बैंक सञ्चालन गर्न थालिएको हो । न्यून आय भएका वर्गका जनतामा समेत केही रकम बचत गर्न े बानीको विकास गराउने उद्देश्यले यस बंैकको स्थापना गरिएको हो । यस बैंकमा बचत खाताको मात्र कारोवार हुन्छ र बचतकर्तालाई दिनुपर्ने व्याज सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकारको निशाना छाप प्रयोग गर्ने नेपालको यो एकमात्र बैंक हो ।

 

हुलाक बचत बैंकको सञ्चालनका लागि खटिने जनशक्ति सम्बन्धित हुलाक कार्यालयको दर बन्दीमा कार्यरत कर्मचारीहरुनै हुन । यसले छुट्टै र स्वायत्त रुपमा कार्य नगरी हुलाककै अर्को सेवाका रुपमा कार्य गर्दै आइरहेको छ । बचत बैंक सञ्चालनमा सहजता ल्याउने र कारोवार को समन्वय गर्ने कार्य केन्द्रमा केन्द्रीय धनादेश कार्यालयले गर्दछ । हुलाक सेवा विभागको आर्थिक सेवा तथा टिकट शाखाले यस बैंक सम्बन्धी कार्य हेर्ने गर्दछ भने बचत बैंक सम्बन्धी नीतिगत निर्णय सूचना तथा सञ्चार मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको हुलाक बचत बैंक सल्लाहकार समितिको सिफारिसमा सूचना तथा सञ्चार मन्त्रालयका सचिवबाट हुने गरेको छ ।       

ताजा जानकारी

०९ कात्तिक
२०७८

जानकारी सम्बन्धमा

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

विभागको निर्णय

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

निक्षेप व्यबस्थापन सम्बन्धमा

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

आशयपत्र आवहानको सूचना

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

सुरक्षा गार्ड सम्बन्धमा

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

निर्देसिका एबम विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्