Recent Activities:

Introduction

धनादेश हुलाक कार्यालयहरु मार्फत एक स्थानबाट अर्को स्थानमा रकम पठाउने मुद्रा स्थानान्तरण सेवा हो । आन्तरिक धनादेश सेवाको सुरुवात वि.सं. 2031 आश्विन 23 देखि र भारतसँगको वैदेशिक धनादेश सेवा 2037 बैशाख 1 गतेदेखि भएको हो । एक स्थानबाट पठाएको रकम अर्को स्थानको प्रापकले पाउने गरी धनादेश प्रपत्र फाराम भरी दर्ता गर्नुपर्दछ । यस्तो रकम भुक्तानीका लागि धनादेश प्रपत्र दर्ता गर्ने हुलाक कार्यालयले भुक्तानी गर्ने हुलाक कार्यालयमा पठाई प्रापकलाई नगदै रकम भुक्तानी गरिन्छ ।हालसम्म सिधै धनादेश सेवाको कारोबार गर्ने मुख्य कार्यालयहरुमा गोश्वारा हुलाक कार्यालय 1,  हुलाक निर्देशनालयहरु 4, जिल्ला हुलाक कार्यालयहरु 70 वटा 4 इलाका हुलाक कार्यालय गरी 79 वटा रहेका छन् । यसका अतिरिक्त 445 वटा इलाका हुलाक कार्यालयहरुबाट समेत धनादेशको दर्ता तथा भुक्तानी हुने गरेको छ । इलाका हुलाकहरु समेत हाल धनादेश सेवा लागू भएका कार्यालयहरुको संख्या 520 पुगेको छ ।

Read more
कार्यालय प्रमुख (उप सचिव)

Nisha Thapa Raut

Under Secretary

सूचना अधिकारी

Salikram Basyal

Section Officer